Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा प्रदान गर्ने योजना अघि बढाएको छ। सरकारले आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षा शुरू गर्न बजेटको व्यवस्था गरेपछि अस्पतालले तयारी थालेको हो। यसअघि नीति तथा कार्यक्रममा सङ्घीय अस्पतालमा चिकित्सा शिक्षा सुरू गर्ने उल्लेख गरिएको थियो। अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलका अनुसार आउँदो शैक्षिक सत्रदेखि नै यो योजना कार्यान्वयनमा ल्याइनेछ।

अस्पतालको जग्गामा रहेको सिटिइभिटी अन्तर्गतको स्कुल अफ हेल्थ साइन्सलाई स्थानान्तरण गरी त्यही स्थानमा नयाँ शैक्षिक कार्यक्रम सुरू गर्ने योजना छ। यसका लागि स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयमार्फत सिटिइभिटीलाई पत्राचार भइसकेको छ। दुई तले संरचनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ। अस्पतालले सरकारसँग थप रु ५५ करोड माग गरेको छ, जसमा रु २५ करोडको लागतमा भवन निर्माण हुनेछ भने बाँकी रकमले विभिन्न उपकरण तथा सामग्री खरिद गरिने योजना छ।

भरतपुर अस्पतालले यसअघि नै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नेम्स) को आङ्गिक क्याम्पसको स्वीकृति पाइसकेको छ, जसअन्तर्गत एक सय विद्यार्थीलाई शिक्षा प्रदान गरिनेछ।

 

 

 

तपाईको प्रतिक्रिया