Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

लामा पशुपति सेभिङ एण्ड क्रेडिटको समेत सञ्चालक हुन् । लामासहितको समूहले कान्तिपुर पशुपति सेभिङको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । यसअघि नै कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल पक्राउ गरेका थिए । २०८० फागुनमा मल्ललाई प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

कान्तिपुर सेभिङ एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालकहरुविरुद्ध अहिलेसम्म ३५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् ।

तपाईको प्रतिक्रिया