Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – वरिष्ठ कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाबारे दिएको अभिव्यक्तिप्रति माफी मागेका छन् ।कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ परेपछि उनको बचाउमा कान्तिपुर टीभीमा कुराकानी गरेको भिडियो सार्वजनिक भएपछि उनीहरुको चर्को आलोचना भएको थियो । कार्यक्रमका लागि हाल अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट भिडियो सन्देश जारी गर्दै दर्शक, शुभेक्षुकसँग माफी मागेका हुन् ।

उक्त अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि उनीहरूले माफी सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै माफी मागेका हुन् । ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ,’ मदन कृष्ण श्रेष्ठले भने ‘एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ ।’ त्यसरी अपर्झट बोल्दा हामीबाट त्रुटि हुन गएको महसुस भएको श्रेष्ठको भनाई छ ।

‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’, हरिवंशले थपे, ‘हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो ।’ यो पटक पनि सबै कुरा बिर्सिदिएर आफूहरूलाई माफ गर्दिन समेत हरिवंशले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया