काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ तोकेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो भने हालसम्मकै उच्च हो । यसअघि वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
तेजाबी सुनको भाउ पनि १६ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
चाँदीको भाउ ६० रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।