शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको सो चरेस मंगलबार बरामद गरेर हिजो बुधबार सार्वजनिक गरेको हो ।

विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागेको एआरए एमइएक्स कुरियरको १८ वटा फोटोफ्रेमभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको चरेस मंगलबार फेला पारेको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार बरामद गरिएको उक्त पदार्थको थप आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वर पठाइएको छ।

तपाईको प्रतिक्रिया