सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरिरहेको झापाको बीएण्डसी मेडिकल कलेजलाई प्रक्रिया पुर्याएर डाक्टर पढाउने अनुमति दिनू भन्ने सर्वोच्च अदालतको फैसलाप्रति डा. गोविन्द केसीले आपत्ति जनाएका छन् । सर्वोच्चले चैत १२ गते बीएन्डसीलाई कलेज सञ्चालन गर्न दिन सरकारका नाममा आदेश दिएको थियो। आज मंगलबार एक विज्ञप्ति जारी गर्दै केसीले आपत्ति जनाएका हुन् ।

‘सर्वोच्च अदालतले एक उच्छृङ्खल र अराजक मेडिकल व्यापारीको मुद्दाउपर गरेको फैसला र त्यसले सृजित हल्लाले हाम्रो ध्यानाकर्षण भएको छ। फैसालाको संक्षिप्त आदेशको प्रतिलिपि पनि अहिलेसम्म प्राप्त भएको छैन। देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु हामी सबैको कर्तव्य हुन्छ तर कसैको निहित स्वार्थमा कानुन प्रतिकूल फैसला आएको अवस्थामा त्यसले न्यायिक अराजकता सिर्जना गर्न सक्छ र न्यायालयले आफैं त्यस्तो गल्ती सुधार्नुको विकल्प रहँदैन। त्यसैले ऐनप्रतिकूल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकन (भ्याकेट) मा जानुको विकल्प रहनेछैन।’ जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

तपाईको प्रतिक्रिया