सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धनगढी उपमहानगरका मेयर गोपी हमालकी जेठी छोरी आरती हमाल बेपत्ता भएकी छिन् ।  मेयर हमालले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नी छोरी आरती भारतको गोवाबाट हराएको भन्दै खोजी कार्यमा सहयोग गर्न आह्वान गरेका छन् ।

छोरी आरती ओशो साधक रहेको र उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको तर हिजोदेखि जोरबा वाइब आस्बिन पुलबाट सम्पर्कविहीन भएको उनका साथीहरूबाट जानकारी आएको भन्दै खोजीकार्यका लागि अपिल गरेका हुन् ।

कान्छी छोरी आर्जु र ज्वाइँ जेठी छोरी आरतीको खोजी गर्न आजै रातिको जहाजमा गोवा पुगिरहेको भन्दै उनले मोबाइल नं मा सम्पर्क गरी त्यहाँ आवश्यक सहयोग एवं खोजी कार्यमा सहजीकरण गरिदिन हुन अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया