समाचार सुन्नुहोस :
काठमाडौँ – मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । बेलबारी १ मा बस्ने ५० वर्षीय बमबहादुर लिम्बुले ४५ बर्षिया श्रीमती गीता लिम्बुको गएराति हत्या गरेका हुन् । उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भने भागेर ज्यान जोगाएका थिए ।
प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्यापछि बमबहादुरले आफ्नै घाँटीमा धारिलो हतियारले रेटेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।
गम्भिर घाइते भएका बमबहादुरलाई छिमेकीले अस्पताल पुयाएका थिए । बमबहादुरको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो । लिम्बु परिवार ४ वर्षदेखि बेलबारीमा डेरामा बस्दै आएका थिए ।