Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज आइतबार विश्वासको मत लिने भएका छन्। उनले आज तेस्रो पटक विश्वासको मत लिने भएका हुन्। मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो २ बजेलाई बोलाइएको प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाद्वारा जारी सूचनामा उल्लेख छ।

मुख्यमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठ्दै आए पनि केन्द्रीय गठबन्धनका कारण प्रदेशमा पनि कांग्रेस, माओवादी, लोसपा र एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने भएका छन्। जसपाबाट मुख्यमन्त्री बनेका यादवले पद सम्हालेयता आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन्। उनले आफ्नो एकवर्षे कार्यकालमा उपलब्धिमूलक काम गर्न नसकेको आरोप छ।

 

तपाईको प्रतिक्रिया