Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतबाट ल्याउदै गरेको एक करोड ८२ लाख बराबरको नेपाली नक्कली नोट सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। भारतको बिहारस्थित वीरपपुर-५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय गाडीमा बोराभित्र झोलामा लुकाएर ल्याएको एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बताए।

इनरुवा नगरपालिका-४ स्थित खोलाको पुलनजिकबाट नक्कली नोट सहित साफीलाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले बताए। सवारीसाधन जाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोर्पियो रोकिएको देखेपछि शंका लागेर जाँच गरेको थियो। नक्कली नोट सहित पक्राउ परेका गाडी चालक मोहमद सैयाद साफी।

त्यस क्रममा गाडीभित्र लुकाएर राखेको नक्कली नोट भेटिएको रेग्मीले बताए। बरामद गरिएको नेपाली नक्कली नोटमा एक हजारका १८ हजार २५१ थान रहेका छन्। बरामद गरिएका नक्कली नोट भारतबाटै ल्याइएको पाइएको एपी रेग्मीको भनाइ छ। गाडी पनि भारतबाट आएको हो। नक्कली नोट ल्याउने व्यक्ति फरार भएका छन्। पक्राउ परेका साफी गाडी चालक हुन्।

तपाईको प्रतिक्रिया