Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जाजरकोट भूकम्पका प्रभावित लाभग्राहीको सङ्ख्या झन्डै ८० हजार पुगेको छ । पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्यांक पठाएपछि लाभग्राहीको संख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।पछिल्लो पटक १२ हजारभन्दा धेरै लाभग्राही थपिएका छन् ।

जाजरकोट भूकम्प प्रभावितकाे अस्थायी आवास निर्माणका लागि ४ अर्ब ७५ लाख रुपैयाँ लाग्ने सरकारी अनुमान रहेकोमा थप रकम चाहिने भएको छ ।सरकारले लाभग्राहीका लागि अहिलेसम्म दुई अर्ब २६ करोड रुपैयाँ निकासा गरिसकेको छ। केन्द्रबाट निकासा गरी पठाएको रकममध्ये आजसम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट पालिकाको विपद् व्यवस्थापन समितिमा १ अर्ब ९० करोड रुपैयाँ गएको र पालिकाबाट लाभग्राहीको खातामा १ अर्ब २६ करोड रुपैयाँ पुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५० हजार लाभग्राहीको खातामा पहिलो किस्ता रकम पुगेको छ । त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएको पोखरेलले बताउनुभयो । १० हजार घर निर्माणाधीन छन् । भूकम्पमा घर भत्किएका ५५ हजारभन्दा धेरै परिवार अझै त्रिपालमुनि बस्न बाध्य छन् । साढे २ महिनादेखि पालमुनि बस्दा चिसोले सताएको पीडितहरू बताउँछन् । जाजरकोट केन्द्रविन्दु भएर गएको कात्तिक १७ गते गएको भूकम्पका कारण १ सय ५७ जनाले ज्यान गुमाएका थिए ।

 

तपाईको प्रतिक्रिया