समाचार सुन्नुहोस :
काठमाडौँ – शेयरबजार १७.२३ अंकले घटेको छ । बुधबार १७.२३ अंकले घटेको शेयरबजार २०७०.८४ विन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रुपैयाँको कारोबार भएको छ । यसदिन ८३ वटा कम्पनीको शेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।