Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘सलार’ मा नेपालकी मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ । निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के..’ बोलको हिन्दी गीत रिलिज गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पौडेलले केही दिनअघि यो गीत रेकर्ड गरेकी थिइन् । यो गीतसँगै औपचारिकरुपमा मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् । लिरिकल शैलीमा तयार पारिएको गीतमा प्रभास र पृथ्वीराज सुकुमारणलाई चित्रण गरिएको छ । गीत सुन्दा मर्मस्पर्शी लाग्छ । गीतलाई रवि बसरुरले संगीतबद्ध गरेका हुन् भने रिया मुखर्जीको शब्द रचना छ ।

इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुकाले आफूले सलार फिल्मको गीत रेकर्ड गरेको बताएकी थिइन् । बुधवार साँझ यूट्युबमार्फत सार्वजनिक भएको उक्त गीतले छोटो समयमै चौतर्फी प्रशंसा पाएको छ ।

‘केजिएफ’ निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ । यो फिल्म २२ डिसेम्बरदेखि प्रदर्शन हुनेछ ।

तपाईको प्रतिक्रिया