टोकियो – छुट्टै भाषा भएका विदेशी नागरिकले कुनै अर्को देशको गीत गाउनुलाई सामान्य मान्न सकिँदैन । यो गीत गायकोमात्रै होइन, यहाँको कला संस्कृतिप्रतिको माया र सम्मान पनि हो ।
जापानी गायिका मिका ताकागीले नेपाली भाषाको गीत स्वर भरेको म्युजिक भिडिओ सार्वजनिक भएको छ । राजकुमार बानियाँ युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘राफ्टिङ’ बोलको गीतमा मिका ताकागी र गायक/सर्जक राजकुमार बानियाँको स्वर रहेको छ । राजकुमारकै शब्द संगीतमा तयार भएको गीतले नेपाल र जापानको कला संस्कृति र पर्यटनलाई जोड्न खोजेको छ ।
विदेशी गायिकाले नेपाली गीतप्रति माया दर्साउनु ठूलो अवसर भएको गायक सर्जक राजकुमार बानियाँले बताए । ‘हामीले छोटो समयमा जापानी गायिका मिका ताकागी (सुन्दरी मिका) दिदीको लागि यो गीत तयार गरेका छौँ । एउटा विदेशी नागरिकले अर्को देशको कला साहित्य संगीतप्रति यति माया दर्साउनू हाम्रो लागि ठूलो अवसर हो,’ उनले भनेका छन्, ‘उहाँको यो कला गलाको सम्मानको लागि सम्पूर्ण कला प्रेमी देश प्रेमीहरूलाई सहयोग गरिदिन हुन अनुरोध गर्दछु ।’
गीतको म्युजिक भिडिओमा विमल अधिकारी, यान्जी दोङ तामाङ र गायिकामिका ताकागीको अभिनय देख्न सकिन्छ । भिडिओलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।
हेर्नुहोस् भिडिओ :-