काठमाडौं – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । विजेता टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टि२० विश्वकप खेल्न पाउनेछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यो खेलका लागि टिकट सोल्ड आउट भइसकेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले विज्ञप्ति निकाल्दै नेपाल र यूएईबीचको खेलका लागि टिकट सोल्डआउट भइसकेकाले घरमै बसेर म्याच हेर्न समर्थकहरुलाई अनुरोध गरेको छ ।
यसअघि बिहीबार क्यानले एक विज्ञप्ति निकाल्दै सेमिफाइनलका लागि ३५ सय टिकटमात्र अनलाइनमार्फत काट्न सकिने जनाएको थियो । क्यानको टिकेटिङ पार्टनर आईएमई पे रहेको छ । क्यानले उक्त विज्ञप्तिबाटै खेलका लागि कुनै पाससमेत वितरण नगरेको जनाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कार्तिक १७, २०८०
प्रकाशित समय: १२:५३:०९