Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ – रणवीर कपुरले अब अभिनयबाट लामो ब्रेक लिने भएका छन् । यस समयमा उनले छोरी राहासँग पूर्ण गुणस्तरीय समय बिताउनेछन् ।आलिया भट्ट आगामी दिनमा फिल्म जिगराको सुटिङमा व्यस्त हुने भएकाले रणवीरले यो निर्णय लिएका हुन् ।

हालै रणवीरले जूम सेसन मार्फत आफ्ना फ्यानहरूसँग भेट गरेका थिए । सो क्रममा उनले आफ्नो भावी योजनाका बारेमा कुरा गरेका थिए । सो क्रममा उनले अब ५–६ महिना घरमै बस्ने उनले बताए । यतिबेला उनको सम्पूर्ण ध्यान आफ्नो छोरी राहामा मात्र केन्द्रित हुने बताएका थिए । राहाको जन्म हुँदा उनी एनिमलको सुटिङमा व्यस्त थिए । जसका कारण उनले छोरीसँग गुणस्तरीय समय बिताउन सकेनन् । उनी अहिले छोरीसँग संग समय बिताउन चाहन्छन् ।

रणवीरले आफ्नो पत्नी आलिया आगामी दिनमा फिल्म जिगराको सुटिङमा व्यस्त रहेको बताए । जसका कारण उनले यस अवधिमा राहाको हेरचाह गर्नेछन् । उनले अब छिट्टै राहाको पहिलो जन्मदिन आउँदैछ, त्यसका लागि आफन्त र साथीभाइसँग सानातिना उत्सव मनाउने पनि बताए । केही समयअघि रणवीरले एक अन्तर्वार्तामा आलियाले राहालाई दिनहुँ मेल लेख्ने खुलासा गरेका थिए । जसलाई राहाले भविष्यमा अध्ययन गर्न सक्ने छिन् । रणबीरको पनि छोरीको लागि जतिसक्दो चाँडो मेल लेख्न थाल्ने इच्छा रहेको बताएका छन् ।

रणवीरको फिल्म एनिमल डिसेम्बर १ मा रिलिज हुदै छ । एनिमल सन्दीप रेड्डी वांगाले निर्देशन र लेखेका हुन् । फिल्ममा रणवीरको चरित्र अन्य फिल्मभन्दा फरक हुनेछ । फिल्ममा रणवीरका अलावा अनिल कपूर, बबी देओल र तृप्ति डिमरी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया