Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नै १ खर्ब १५ अर्ब २८ करोड ६ लाख ५६ हजारको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारमा सीमित रहेको छ ।

व्यापार घाटा भए तापनि यो अघिल्ला वर्षभन्दा ७६ करोड ६० लाख ५० हजारले कम हो । गत साउनमा आयातबाट मात्र कुल ३२ अर्ब ३३ करोड ७३ लाख ३५ हजार रुपैयाँ राजस्व उठेको छ । भन्सार विभागका अनुसार गत वर्ष साउन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा वस्तु तथा सेवा आयातमा कमी आएकाले व्यापार घाटा पनि कमी आएको हो । विभागले गत वर्षभन्दा १ दशमलव ५६ प्रतिशतले कम आयात भएको जनाएको छ ।

गत वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँको वस्तु आयात भएको थियो । गत साउनमा नेपालबाट अन्य देशमा हुने निर्यात ८ दशमलव ६५ प्रतिशतले घटेको पनि विभागले जनाएको छ । चालू आर्थिक वर्षको साउनमा १३ अर्ब ५२ करोड ८६ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्ष नेपालबाट यस्तो निर्यात १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको निर्यात भएको थियो ।

भन्सार विभागका अनुसार आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक व्यापारमा २ दशमलव २८ प्रतिशतले घटेको छ । गत वर्षको साउन महिनामा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँको व्यापार भएकोमा यस वर्षको साउनमा घटेर १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजारको मात्र व्यापार भएको छ ।

विभागका अनुसार वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ५२ प्रतिशत रहेको छ । यो गत वर्षको तुलनामा शून्य दशमलव ७४ प्रतिशतले बढी हो । वैदेशिक व्यापारमा निर्यातको हिस्सा भने ९ दशमलव ४८ मात्र रहेको छ । यो गत आर्थिक वर्षको साउन महिनाको तुलनामा ६ दशमलव ५२ प्रतिशतले कम हो ।

भन्सार विभागका अनुसार साउनमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । गत साउनमा २१ अर्ब ९८ करोड ४४ लाख ९० हजार रुपैयाँको पेट्रोलियम पदार्थको आयात भएको छ । गत आवको साउनमा पेट्रोलियम पदार्थको आयात २५ अर्ब रुपैयाँको भएको थियो । पेट्रोल आयातबाट मात्र राज्यलाई ८ अर्ब २ करोड ५२ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागको तथ्यांक छ ।

यसैगरी, आइरन र स्टिलको आयात १२ अर्ब ९५ करोड ६४ लाख ४ हजार रुपैयाँको भएको छ । साउन २०७९ सालमा ११ अर्ब २३ करोड रुपैयाँको आयात भएको थियो । साउनमा १ अर्ब १९ करोड ४४ लाख ७१ हजार रुपैयाँ बराबरको आइरन र स्टिल निर्यात भएको छ । यसबाट राज्यलाई कुल २ अर्ब २१ करोड २५ लाख २८ हजार राजस्व उठेको छ ।

तेस्रो नम्बरमा बढी वैदेशिक व्यापारको हिस्सा समेटेको इलेक्ट्रिकल मेसिनरी र उपकरण तथा पार्टस मात्र ९ अर्ब ७१ करोड ५७ लाख ३३ हजारको आयात भएको छ । एक महिनामा यसबाट १ अर्ब ५१ करोड ७८ लाख ५५ हजार राजस्व उठाउन सरकार सफल भएको छ ।

भन्सार विभागका अनुसार साउनको महिनामा मात्रै २ अर्ब ५९ करोड ४१ लाख ६९ हजार रुपैयाँको तरकारी आयात भएको छ । यो महिनामा नेपालबाट १४ करोड १६ लाख ४६ हजारको तरकारी निर्यात भएको छ । तरकारीको आयातबाट राज्यले ४४ करोड २३ लाख ६ हजार राजस्व पाएको छ ।

साउन महिनामा २ अर्ब ८१ करोड २ लाख ३५ हजारको औषधि आयात हुँदा १३ करोड ३८ लाखको औषधी निर्यात भएको छ । औषधीको आयातबाट मात्र ११ करोड ४७ लाख ४१ हजार राजस्व उठाइएको छ । –राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया