काठमाडौं – संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ । दिगो विकास तथा सुशासन समिति तथा बिधायन ब्यवस्थापन समितको बैठक बस्न लागेको हो । संसद सचिवालयका अनुसार दिगो विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ भने बिधायन समितिको बैठक दिउँसो १ बजे बोलाइएको छ । सिंहदरबारस्थित संसद सचिवालयका हलमा उक्त बैठक बस्नेछ ।
दिगो विकास समितिमा नेपालमा प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिगत छलफल हुनेछ भने बिधायन समितिमा उत्तरविधायिकी परीक्षणको विषय चयनका बिषय कार्यसुचीमा राखिएको छ ।