काठमाडौं – इंग्ल्यान्डले कोलम्बियामाथि २-१ को पुनरागमन जित रच्दै शनिबार महिला विश्वकप २०२३ को अन्तिम चारको यात्रा तय गरेको छ । कोलम्बियाले सुरुआती अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन । यस नतिजासँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रतियोगिताको पहिलो सेमिफाइनलमा स्पेनले स्विडेनको सामना गर्नेछ । अर्को सेमिफाइनलमा इंग्ल्यान्ड सहआयोजक अस्ट्रेलियासँग भिड्नेछ ।
स्टेडियम अस्ट्रेलियामा भएको खेलमा कोलम्बियाले ४४ औं मिनेटमा लेसी सान्तोसको उत्कृष्ट गोलको मद्दतले अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा लउरेन हेम्पले इंग्ल्यान्डका लागि बराबरी गोल फकाइन् ।
त्यसपछि एलेसिया रुसोले ६३ औं मिनेटमा युरोपेली च्याम्पियन पनि रहेको इंग्ल्यान्डका लागि निर्णायक गोल पनि गरिन् । यससँगै महिला विश्वकपमा कोलम्बियाको स्वपनिल यात्रामा पूर्णबिराम लागेको छ ।
प्रकाशित मिति: शनिबार, साउन २७, २०८०
प्रकाशित समय: २३:०२:२६