Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – महिला विश्वकप फुटबल प्रतियोगितामा एसियाली राष्ट्र जापानले लगातार दोस्रो जित हासिल गरेको छ । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा जापानले कोस्टारिकालाई २-० गोलले पराजित गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पहिलो खेलमा जापानले जाम्बियालाई ५-० गोलको ठुलो अन्तरले हराएको थियो । लगातार दोस्रो जितसँगै जापानले नकआउट चरणको सम्भावना पनि बलियो बनाएको छ । दुई खेलबाट ६ अङ्क बटुल्दै जापान तालिकाको पहिलो स्थानमा छ ।

तालिकाको दोस्रो स्थानमा रहेको स्पेनले एक खेलबाट तीन अङ्क जोडेको छ । तेस्रो स्थानमा रहेको कोस्टारिका र चौथो स्थानमा रहेको जाम्बियाले भने खाता खोल्न सकेका छैनन् । आजै नै स्पेन र जम्बियाबीच खेल हुँदैछ ।

कोस्टारिकाविरुद्धको खेलमा जापानले दुबै गोल तीन मिनेटको बीचमा गरेको थियो । २५औँ मिनेटमा जापानका लागि हिकारु नाओमोतोले पहिलो गोल गरेकी थिइन् । २७औँ मिनेटमा ओबा फुजिनोले अर्को गोल थप्दै जापानलाई महत्त्वपूर्ण तीन अङ्क दिलाएकी हुन् । जापानले समूहगत चरणको अन्तिम खेल ३१ तारिखमा स्पेनसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया