Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौँ – २० अर्ब अमेरिकी डलर (२६ खर्ब रुपैयाँ) मूल्यको सामाजिक मिडिया कम्पनी ट्वीटरको लोगो बदल्न लागिएको छ । कम्पनीका मालिक एलन मस्कले चराको साटो ‘एक्स’ लोगो राखेर कम्पनी नै रिब्रान्डिङ गर्ने जनाएका हुन्‌ ।

मस्कले ट्वीटरमा लेखेका छन्‌, ‘अब हामी चाँडै ट्वीटरको ब्राण्ड र सबै चराहरूलाई बिदा गर्नेछौं ।’ रिपोर्टहरूका अनुसार मस्कले ट्वीटरलाई एक्स नामक सुपर एप बनाउन चाहेका छन्‌, जुन एप चीनको ह्वीच्याट जस्तै हुनेछ । टेनसेन्ट होल्डिङ्स लिमिटेड स्वामित्वको ह्वीच्याटबाट रकम भुक्तानी र टिकट बुकिङदेखि मेसेजिङसम्म गर्न सकिन्छ ।

गत चैतमै मस्कले ट्वीटर चलाइरहेको कम्पनी ‘ट्वीटर इङ्क’को नाम फेरेर ‘एक्स कर्प’ बनाएका थिए । लगत्तै उनले ट्वीटरको लोगो नै बदलिदिएका थिए । निलो चरोको साटो कुकुरको आकृतियुक्त लोगो राखेपनि आलोचना भएपछि मस्कले पुन: चरो नै राखेका थिए । मस्कले २०२२ अक्टोबरमा ट्वीटर खरिद गरेका थिए । चरो लोगोसँग शुरूदेखि नै असन्तुष्ट देखिएका मस्क अहिले फेरि लोगो परिवर्तन गर्ने मुडमा देखिएका हुन्‌ । उनले ट्वीटर ‘रिब्रान्डिङ’ नै गर्ने बताएका छन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया