काठमाण्डाै – बङ्लादेश र अफगानिस्तान आज तेस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्दैछन् । खेल दिउँसो पौने २ बजे चटगाउँमा शुरु हुनेछ। आजको खेल जितेमा अफगानिस्तानले शृङ्खला क्लिन स्वीप गर्नेछ । घरेलु टोलीसँगको तीन खेलको शृङ्खला यसअघि नै अफगानिस्तानले २–० ले जितिसकेको छ । बुधवार भएको पहिलो खेलमा अफगानिस्तान डीएल पद्धतिमा १७ रनले विजयी भएको थियो ।
त्यस्तै, शनिवार भएको दोस्रो खेलमा अफगानिस्तानले १ सय ४२ रनले विजयी हुँदै एक खेल अगाडि नै शृङ्खला जितेको हो । अफगानिस्तानसँग पहिलो खेल हारेपछि बङ्लादेशका कप्तान तमिम इकबालले सन्यास लिएका थिए । तर प्रधानमन्त्री शेख हसिनाको आग्रहमा उनले लगत्तै सन्यास फिर्ता लिएका थिए । यी दुई देशबीच आउँदो शुक्रवार र आइतवार दुई खेलको टी–२० शृङ्खला हुनेछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, आषाढ २६, २०८०
प्रकाशित समय: १३:००:१३