Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – स्पेनका दिग्गज फूटबलर लुइस सुआरेज मिरामोन्तेसको निधन भएको छ। ८८ वर्षको उमेरमा उनको निधन भएको हो। मिरामोन्तेस फूटबलका ‘प्याकेज’ मानिन्थे। मिरामोन्तेसले सन् १९६० मा वर्षको सर्वोत्कृष्ट फूटबलरले पाउने ‘बलोन डी ओर’ पुरस्कार प्राप्त गरेका थिए। उनले सर्वकालीन महान् खेलाडी मानिने रियल मड्रिडका फेरेङ्क पुस्कासलाई पछि पार्दै बलोन डी ओर जितेका थिए। मिरामोन्तेसज हालसम्म बलोन डी ओर जित्ने स्पेनका एक मात्र पुरुष खेलाडी हुन्। उनले सन् १९५४ देखि १९६१ सम्म सात वर्ष फूटबल क्लब बार्सिलोनाबाट खेले। यो दौरान उनले बार्सिलोनालाई दुई वटा ला लिगा उपाधि जिताए। बार्सिलोनाका लागि २५३ खेलमा उनले १४१ गोल गरे।

मिरामोन्तेसले इटालियन क्लब इन्टर मिलानबाट पनि खेले। सन् १९६१ मा बार्सिलोनाले उनलाई एक लाख ४२ हजार पाउन्डमा इन्टर मिलानलाई बेचेको थियो। त्यति वेला उनी सर्वाधिक महँगा खेलाडी पनि बनेका थिए। त्यो एक लाख पाउन्डमाथिको पहिलो ‘ट्रान्सफर’ पनि थियो।‘दि आर्किटेक्ट’ उपनाम पाएका मिरामोन्तेसले नौ वर्ष इन्टर मिलानबाट खेले। त्यस दौरान उनले मध्यपङ्क्तिको खेलाडीको रूपमा ३२८ खेलमा ५५ गोल गरे। इन्टर मिलानबाटै उनले दुई वटा यूरोपियन कप (च्याम्पियन्स लिग) र दुई वटा इन्टरकन्टिनेन्टल कप जिते।

खेलाडी जीवनबाट प्रशिक्षक जीवनमा फड्को मार्नुअघि उनले तीन वर्ष साम्पडोरियाबाट खेले। स्पेनको राष्ट्रिय टोलीबाट उनले ३२ खेलमा उपस्थिति जनाउँदै १४ गोल गरे। उनी १९६२ र १९६६ को विश्वकपमा पनि सहभागी भएका थिए। उनले सन् १९६४ मा स्पेनिश टोलीबाट युरो कप समेत जिते। उनले सन् १९७३ मा सक्रिय खेल जीवनबाट सन्यास लिए। सन्यासपछि उनले १९८८ देखि १९९१ बीचमा स्पेनको राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा पनि काम गरे।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया