Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – आईसीसी विश्वकपको छनोटअन्तर्गत प्लेअपको खेलमा यूएईले नेपालसामु १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । जिम्बावेमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको यूएई सामान्य प्रदर्शन ४६ दशमलव ५ ओभरमा १८१ रनमा अलआउट भएको छ । १० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य स्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफमा यूएईसँग खेलेको हो ।

यूएईका लागि कप्तान भृत्य अरविन्दले ४४,रोहन मुस्ताफा ३५,वसिल हमिह २९ र आर्यान्शं शर्माले २८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । यूएईलाइ सस्तैमा अलआउट गर्नेक्रममा बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले समान तीन तीन विकेट लिए । ९ ओभर बलिङ गरेका करणले ३६ रन खर्चेर ३ विकेट लिएका हुन् भने १० ओभर बलिङ गरेका सन्दीपले मात्रै २३ रन दिएर तीन विकेट लिए । त्यस्तै प्रतिश जिसी,गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए ।

१८२ रनको लक्ष्य पाएको नेपालले केहीसमयमा आफ्नो जवाफी ब्याटिङ थाल्दैछ । आजको खेलको विजेताले सातौं स्थानको लागि आयरल्याण्डसँग खेल्नेछ भने पराजित हुने टिमले नवौं स्थानका लागि अमेरिकासँग खेल्नेछ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया