Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले आज यूएईको सामना गर्दैछ । नेपाल र यूएईबीचको खेल दिउँसो १२ः४५ देखि हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ । सुपर सिक्समा पुग्न वञ्चित भएपछि नेपाल र यूएईले प्लेअफ खेलिरहेका हुन् । समूह चरणमा नेपाल चौथो र यूएई पाँचौं स्थानमा रहेका थिए । समूह चरणमा नेपालले जिम्बाब्वे, वेस्ट इण्डिज र नेदरल्याण्ड्ससँग पराजित हुँदा अमेरिकालाई हराएको थियो । यूएईले भने समूह चरणमा एउटा पनि खेल जित्न सकेन ।

समूह चरणमा चारवटै खेल गुमाएको यूएई प्लेफमा नेपालविरुद्ध भने जित निकाल्न चाहन्छ । प्रतियोगिताअघि अभ्यास खेलमा नेपाललाई ३ विकेटले हराएको यूएईले आज पनि सोही लय कायमै राख्ने रणनीति बनाएको छ । नेपाल प्लेफमा यूएईलाई हराउँदै सातौं स्थानका लागि प्रतिस्पर्धा गर्ने सोचमा छ । यदि यूएईलाई हराउन सके नेपालले सातौं स्थानको प्रतिस्पर्धामा टेस्ट टोली आयरल्याण्डको सामना गर्ने मौका पाउनेछ ।

आयरल्याण्ड प्लेअफमा अमेरिकालाई हराउँदै सातौं स्थानका लागि प्रतिस्पर्धा गर्न तयार भएको छ ।आज पराजित भएको खण्डमा चाहिँ नेपालले नवौँ स्थानका लागि अमेरिकासँग खेल्नुपर्नेछ । त्यसकारण नेपाल आज जसरी पनि यूएईविरुद्ध जित निकाल्दै आयरल्याण्डसँगको भेट पक्का गर्न चाहन्छ । यूएईविरुद्धको हेड टु हेड नतिजा हेर्दा नेपाल बलियो देखिन्छ । हालसम्म यूएईसँग नेपालले १४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छ । जसमा नेपालले ८ मा जित र ६ खेलमा हारको सामना गरेको छ । पछिल्लो पाँच खेलमा नेपालविरुद्ध यूएईले एक मात्र खेल जितेको छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया