Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाण्डाै – आईसीसी विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा घरेलु टोली जिम्बावेले ओमानलाई १४ रनले हराएको छ । लगातार पाँच जितसहित जिम्बावे आउँदो अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्व कप नजिक पुगेको छ ।

हिजो भएको खेलमा जितका लागि ३ सय ३३ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १८ रन बनायो । ओमानका युवा ओपनर कश्याप प्रजापतिले १ सय ३ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन् । जिम्बावेका टेन्डाई चतरा र ब्लेसिङ मुर्जाबानीले समान ३, रिचर्ड नगारावाले २ तथा सिकन्दर राजाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली जिम्बावले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३२ रन बनाएको थियो ।

जिम्बावेका सन विलियम्सले १ सय ४२ रनको शतकीय पारी खेले । ओमानका फैयाज बटले सर्वाधिक ४ विकेट लिए । बिलाल खान, कलिमुल्लाह र जिशान मकसुदले समान एक विकेट लिए ।सुपर सिक्सको खेलमा आज श्रीलंका र नेदरल्यान्ड्स तथा प्ले अफमा आयरल्यान्ड र अमेरिका खेल्दैछन् । नेपालले प्लेअफ खेलमा पर्सि आइतवार यूएईसँग खेल्नेछ ।

 

तपाईको प्रतिक्रिया