Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ –  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (बिहिबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । तत्कालिन सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनका लागि कोशी प्रदेशको विशेष अधिवेशन आज दिउँसो १ बजेका लागि आह्वान गरेका छन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले कोशी प्रदेश संसदीय दलका नेता कार्कीलाई एमालेसहित, माओवादी केन्द्र, राप्रपा र जसपा नेपालले समर्थन गरेका थिए ।

केन्द्रमा आएको सत्ता परिवर्तनपछि गत जेठ १७ गते जसपाले समर्थन फिर्ता लिएको थियो भने माओवादी केन्द्रले गत जेठ २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानत कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र पुनः प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । ऐनको त्यही व्यवस्था बमोजिम मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

कार्कीले विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्ने तयारी गरेपनि अहिलेसम्म उनले मत पाउने प्रष्ट भइसकेको छैन । कार्की नेतृत्वको सरकारलाई हाल एमालेको ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसदको समर्थन छ । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ९३ सदस्य प्रदेशसभामा कार्कीको विपक्षमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्रका , एकीकृत समाजवादीका र जसपा गरि ४६ (सभामुख बाहेक) सांसद रहेका छन् ।

कांग्रेससहितको गठबन्धनले कार्की नेतृत्वको सरकार ढलेसँगै अर्को सरकार गठनको लागि पहल गरिरहेको छ । सभामुख बाहेक दुवै पक्षसँग समान ४६–४६ सांसद छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णायक मत दिन पाउँछन् । सभामुख बाबुराम गौतम प्रतिपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । अब उनले प्रदेशसभामा कस्तो भुमिका खेल्छन् त्यसै अनुसार प्रदेशको आगामी राजनीति अगाडि बढ्ने देखिन्छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया