Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले नेदरल्याण्डस्‌लाई १६८ रनको सामान्य लक्ष्य दिएको छ। ब्याटिङमा खराब सुरुवात गरेको नेपालले ४४.३ ओभरमै सबै विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो। जारी प्रतियोगितामा समूह चरणको नेपालको यो अन्तिम खेल हो।

यो खेलमा नेदरल्याण्डस्‌सँग पराजित भएमा नेपाल सुपरसिक्समा पुग्न सक्ने छैन। नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रनको योगदान र सन्दीप लामिछानेले ३३ बलमा २७, ओपनर कुशल भुर्तेलले ४२ बलमा २७ रन बनाउनुबाहेक अन्य ब्याटरले खासै रन जोड्न सकेनन्।

नेपालका ओपनर आसिफ शेख शून्य रनमै आउट भएका थिए। भीम सार्कीले ५६ बलमा २२, दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए। उता नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २/२ विकेट लिए। क्लेटन प्लोयट र आर्यान दत्तले समान १/१ विकेट लिए।

 

तपाईको प्रतिक्रिया