Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । तेस्रो ओभरमै पहिलो विकेट गुमाएको नेपालले केहीबेर सम्हालिएर प्रदर्शन गरेपनि पुनः खराब लयमा फर्किएकाे हाे । हाल २५ ओभरकाे खेल सकिँदासम्म नेपालले ४ विकेट गुमाएर ९१ रन बनाएकाे छ । क्रिजमा कप्तान राेहितकुमार पाैडेल र कुशल मल्ल रहेका छन् ।

नेपालले चौथो विकेटको रुपमा भिम सार्की आउट भएका थिए । उनले ५६ बल समाना गर्दै २२ रन बताए । तेस्रो विकेटमा रुपमा आरिफ शेख आउट भए । उनी ४ बलमा ६ रन बनाएर आउट भएका हुन् । साथै दोस्रो विकेट गुमाउने क्रममा कुशल भुर्तेल १५.५ ओभरमा ४२ बल खेल्दा २ चौकाको मद्दतमा २७ रन जोडेर आउट भिक्रमवित सिंहको बलमा स्कट इडवार्डसबाट क्याच आउट भए । नेपाललाई सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाव छ । टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको हो । नेदरल्यान्ड्सले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।

आजको खेलमा नेपाल पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो । नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराएमा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया