Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – जिम्बावेमा भइरहेको आइसिसी विश्वकप क्रिकेट छनोटमा बिहीबार २ पटकको विश्वविजेता वेष्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित भएको छ। नेपालले ४९ ओभर ४ बलमा अलआउट हुँदै २३८ रनमात्र बनाएपछि १०१ रनले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ गर्दै वेष्ट इन्डिजले ३३९ रन बनाएपछि नेपाललाई जितका लागि ३४० रनको लक्ष्य दिएको थियो। बलिङमा आक्रामक शुरुवात गरेको नेपालले त्यसलाई निरन्तरता दिन नसक्दा जितका लागि विशाल लक्ष्य पायो।ठूलो लक्ष्य पछ्याएको नेपालले ब्याटिङमा खराब शुरुवात गर्दा पराजय भोग्नु पर्‍यो। पहिलो विकेटका रुपमा कुशल भूर्तेल ६ बल खेलेर जम्मा ५ रन बनाएर आउट हुँदा नेपालको स्कोर पनि ५ रन नै थियो। यसपछि नेपालको स्कोर २३ रन हुँदा ७ बल मात्र खेलेका भीम सार्की २ रन बनाएर आउट हुँदा दोस्रो विकेट खस्यो।

तेस्रो विकेटका रुपमा आशिफ शेख २८ रन बनाएर आउट हुँदा नेपालको स्कोर ४८ रन थियो। कप्तान रोहित पौडेल कुल स्कोर ८१ रन हुँदा व्यक्तिगत ३० रनमा आउट भए। ६ बलको सामना गरेर २ रन बनाएका कुशल मल्ल २३ औं ओभरमा पाँचौं विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ९२ रनमात्र थियो।यसपछि दिपेन्द्रसिंह ऐरी पनि २३ रन जोडेपछि छैटौं विकेटका रुपमा २९औं ओभरमा आउट भए। क्रिजको एउटा छेउ आरिफ शेखले सम्हालिरहँदा ५८ बल खेलेर ५ चौका र १ छक्काको हान्दै ४२ रन बनाएका गुलशल झा ४४ औं ओभरमा आउट भए।झाका रुपमा नेपालको सातौं विकेट खस्दा कुल स्कोर १९७ रन थियो। सन्दीप लामिछानेका रुपमा ४५औं ओभरमा आठौं विकेट खस्दा नेपालको स्कोर २०४ रन थियो।

यसपछि लामो समय क्रिजमा अडिएर अर्धशतकीय पारी खेलेका आरिफ शेख ४६औं ओभरमा आउट भए। उनले ९३ बलको सामना गरेर १ छक्का र ४ चौकाको सहायताले नेपालका लागि सर्वाधिक ६३ रन बनाए। यसपछि अन्तिम विकेटका रुपमा निर्धारित ५० ओभर सकिन २ बल बाँकी रहँदा करण केसी नेपालको स्कोर २३८ रन हुँदा आउट भए। ललित राजबंशी शून्य रनमा अविजित रहे। नेपाललाई सस्तैमा समेट्न जेसन होल्डरले ३ विकेट लिए। अकील होसेन‚ अल्जारी जोसेफ र किमो पलले २/२ विकेट लिए भने काइल मायर्सले १ विकेट लिए। त्यसअघि जिम्बावेको हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ७ विकेट गुमाएर निर्धारित ५० ओभर पूरै खेल्दै ३३९ रन बनाएको थियो।

वेष्ट इन्डिजका लागि साई होप र निकोलस पुरनले शतक प्रहार गरे। होपले १३२ रन जोडे भने पुरनले ११५ रन बनाए। ब्राण्डन किङले ३२, रुभमन पावेलले २९ रन जोड्दा जेसन होल्डर १६ रनमा अविजित रहे। नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट झारे। करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए। अब नेपालले नेदरल्याण्डससँग अन्तिम खेल खेल्नेछ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया