Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – उरुग्वेले फिफा यू-२० विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनामा गएराती सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उरुग्वेको जितमा खेलको ८६औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । उरुग्वेले पहिलो पटक यू-२० विश्वकप जितेको हो । त्यस्तै पहिलो पटक यू-२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उपविजेतामा सीमित भएको छ ।

यू-२० विश्वकपको उपाधि धेरै पटक जित्ने देश भने अर्जेन्टिना हो । अर्जेन्टिनाले अहिलेसम्म ६ पटक यो उपाधि जितेको छ भने ब्राजिलले ५ पटक जितेको छ । त्यस्तै पोर्चुगल र सर्बियाले २-२ पटक यो उपाधि जितेका छन् ।

त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा भने इजरायलले दक्षिण कोरियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया