Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । नागरिक समाजको अगुवाइमा भ्रष्टाचारविरुद्ध काठमाडौँको माइतीघर र नक्साललगायत ठाउँमा प्रदर्शन भइरहेका छन् । उनीहरूले नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गरिरहेका छन् ।

नागरिक समाजले आयोजना गरेको विरोध कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले समेत ऐक्यवद्धता जनाएका छन् ।धेरैले सामाजिक सञ्जालमार्फत् ऐक्यवद्धता जनाए पनि केही नेताहरू भने प्रदर्शनस्थलमै पुगेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माइतीघर पुगेर प्रदर्शनमा ऐक्यवद्धता जनाएका छन् । त्यस्तै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई नारायणचौरस्थित नक्सालको प्रदर्शनमा सहभागी भएका छन् । रवि र बाबुरामसँगै अन्य दलका केही नेता कार्यकर्तासमेत विरोध प्रदर्शनमा सहभागी भएका हुन् ।

नक्सालस्थित प्रदर्शनस्थलमा बाबुराम पुगेपछि सहभागीहरूले विरोध जनाएका हुन् ।प्रदर्शनमा सहभागीहरूले विरोध जनाएपछि भट्टराई त्यहाँ एकछिन बसेर निस्किएका छन् । अहिले नक्सालमा रास्वपा सभापति लामिछाने पुगेका छन् । प्रकरणमा जोडिएका पूर्वगृहमन्त्री बालकृष्णा खाँणसहित १२ जना पक्राउ परेका छन् । प्रकरणमा नाम जोडिएका एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् । उनको खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया