काठमाडौं – काठमाडौं महानगरपालिकाले २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेको छ ।महानगरपालिका प्रमुख बालेन शाहले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन् ।
मेयर बालेनले आफ्नो सामाजिक सञ्जालमा एक पोष्ट गर्दै २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्- ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’