Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई ‘कवाडी केन्द्र’ भन्ने गरेको गुनासो गरेका छन् । केन्द्रका संस्थापकसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत यस्तो गुनासो गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले आविष्कार केन्द्रले नवउद्यमी उत्पादन गरिरहेको दाबी गरे । ‘अझै पनि राष्ट्रिय आविष्कार केन्द्रलाई मर्मत केन्द्र र कवाडी केन्द्र भन्नेलाई जानकारी । विश्वास लाग्दैन भने आफै आविष्कार केन्द्रमा आएर आफैले हेर्नुहोस्’ पुनले भनेका छन्, ‘आविष्कार केन्द्रमा आएर अनुसन्धान गरेका दुई जनाले पेटेन्ट पाइसके र अरू २ जनाले निवेदन दिएका छन् । आजसम्म ६ समूह नवउद्यमी बने र ४ समूह नवउद्यमी बन्ने वाला छन् ।’

अहिले नियमित ७२ जना आविष्कार केन्द्रमा रहेको उनको भनाई छ । ‘म उद्यमी बन्ने होइन । धेरैभन्दा धेरै भाइ बहिनीहरूलाई सकेसम्म उद्यमी बनाउने हो । यहाँ राम्रो आइडिया लिएर आई अनुसन्धान गर्नेहरूले सबै सामानहरू निःशुल्क पाउँछन्, खान बस्न पाउँछन् र पैसाको चिन्ता गर्नु पर्दैन,’ पुनले भनेका छन् ।

तपाईको प्रतिक्रिया