Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक २३, २०८१
Friday, November 8, 2024

काठमाडौँ – अमेरिकामा फेरि अर्को बैंक टाट पल्टिएको छ । सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकपछि फष्ट रिपब्लिकन बैंक टाट पल्टिएको हो । अमेरिकामा दुई महिनाभित्र यो तेस्रो बैंक टाट पल्टिएको हो । नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्युरेन्स कर्पोरेसनले फष्ट रिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ । कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सो संकटग्रस्त बैंकलाई स्वामित्व ग्रहण गरेको छ । जेपी मोर्गन र कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति भएको छ

जेपी मोर्गन फष्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलरको कर्जा लगानी, ३० अर्ब बचतपत्र साथै ९२ अर्ब अमेरिकी डलरको बचतको टेकओभर गरेको हो । मार्च महिनामै बचतकर्ताहरुले १ खर्ब अमेरिकी डलर निकालेपछि त्यसको शेयर मूल्य ७५ प्रतिशतले घटेको थियो ।

मार्चमा अमेरिकामा ठूला बैंकहरुको समूहले फष्ट रिपब्लिकन बैंकलाई स्थायित्व दिनका लागि ३० अर्ब अमेरिकी डलर उपलब्ध गराएका थिए तर त्यो टाट पल्टिनबाट रोक्न भने सकेन । रिपब्लिकन बैंक १९८५ मा स्थापना भएको थियो । सन फ्रान्सिस्कोमा मुख्यालय रहेको यो बैंक मध्यस्तरको बैंकमा पर्दछ ।

 

तपाईको प्रतिक्रिया