सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटर (Twitter)का प्रयोगकर्ताहरूले अब समाचार वा लेखहरू पढ्न पैसा तिर्नुपर्ने भएको छ । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका सीईओसमेत रहेका ट्विटरका मालिक Elon Musk ले शनिवार एक ट्विटमार्फत यस्तो बताएका हुन् ।

ट्विटका अनुसार आगामी महीनादेखि ट्विटरले सञ्चार माध्यमहरूलाई आफ्नो समाचार वा लेखका लागि प्रयोगकर्ताहरूबाट शुल्क लिन सक्ने घोषणा गरेका छन् । यसले कुनै सञ्चारमाध्यमको मासिक सब्सक्रिप्शन (Monthly Subscription) नलिएका प्रयोगकर्ताहरूलाई पनि प्रतिआलेख धेरै शुल्क तिराउन सक्ने बनाउने मस्कले ट्विटमा उल्लेख गरेका छन् ।

पछिल्लो समय सञ्चारमाध्यमहरूले अनलाइनमा प्रकाशित आफ्नो content हरूलाई मासिक एवं वार्षिक शुल्क तिरेर मात्रै ग्राहकहरूलाई पढ्न दिइरहेका छन् । कुनै ग्राहकहरूले भने निःशुल्क पाइने कन्टेन्टहरू मात्रै पढ्ने गरेका छन् । तर, ट्विटरको नयाँ फिचरसँगै अब प्रयोगकर्तालाई प्रत्येक लेख पढ्न पैसा तिर्नु पर्नेछ ।

‘अर्काे महिना सार्वजनिक हुन लागेको यस फिचरको साथमा यस प्लेटफर्मबाट मिडिया प्रकाशकहरूले प्रयोगकर्तालाई प्रत्येक लेखमा क्लिक गरेपिच्छे शुल्क तिराउन सक्नेछन्,’ ट्विटमा मस्कले लेखेका छन् ।

यसले मासिक सदस्यता नलिने तर आक्कल झुक्कल समाचार पढ्न चाहनेहरूलाई सहज हुने आशा गरिएको छ । तर, उनीहरूले पैसा भने सब्सक्रिप्शन लिएको भन्दा बढी तिर्नु पर्नेछ । यो सञ्चारमाध्यम र सर्वसाधारण पाठकका लागि जित-जितको अवस्था हुने आशा मस्कले गरेका छन् ।

मस्कले ट्विटर किनेयता Content Creator हरूलाई मद्दत गर्न विविध फिचरहरू ल्याइरहेका छन् । यसै महिनादेखि ट्विटरले कन्टेन्ट क्रिएटरहरूको कन्टेन्ट हेर्न पैसा तिर्नपर्ने फिचरसमेत उपलब्ध गराएको छ ।

हरेक महिना क्रियटरहरूले २ डलर ९९ सेन्ट, ४ डलर ९९ सेन्ट र ९ डलर ९९ सेन्ट गरी तीन फरक फरक शुल्क दर पाउनेछन् । एक वर्षसम्म यसरी उठेको कुनै पनि पैसा कम्पनीले नराख्ने र सबै क्रिएटरलाई फिर्ता दिइने मस्कको भनाइ छ ।

तपाईको प्रतिक्रिया