Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – पूर्व शहरी विकासमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टिका सांसद विक्रम पाण्डेको कम्पनी कालिका कन्सट्रक्सनले पाँच वर्षमा ठेक्कापट्टाबाट १६ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । कम्पनीसँग अझै पनि २२ अर्ब रुपैयाँ बराबरका ठेक्का कार्यान्वयन गर्न बाँकी छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रेटिङ कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले औषतमा वार्षिक साढे तीन अर्ब सञ्चालन नाफा गर्दै आएको छ । कालिकाको चुक्ता पूँजी भने २५ करोड रुपैयाँ मात्र रहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डे प्रमुख रहेको कालिका कन्ट्रक्सन विरुद्ध भ्रष्टाचार मुद्दासमेत दायर गरेको थियो । पाण्डेको कम्पनीले सिक्टा सिचाईको ६ अर्ब रुपैयाँको आयोजना निर्माणको ठेक्का लिएकोमा नहर निर्माणमा गरिएको लगानी शून्य अवस्थामा पुगेको ठहर गर्दै अख्तियारले दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो । विशेष अदालतले पाण्डेलाई २०७५ सालमा ४ करोड रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो ।

राजनीतिक पहुँच भएका सांसद पाण्डेले वार्षिक अर्बौ रुपैयाँको ठेक्कापट्टा हात पार्ने गरेको आरोप खेप्दै आएका छन् । केही महीनाका लागि प्रधामन्त्री प्रचण्डको सरकारमा शहरी विकासमन्त्री भएका उनलाई स्वार्थ बाझिने गरी आफ्नै कम्पनीलाई ठेक्का दिएको आरोप समेत लागेको थियो ।

इक्राका अनुसार कम्पनीले लिएको ठेक्काको झण्डै ७९ प्रतिशत परियोजना कार्यान्वयन गर्नु पर्ने समय अवधी भन्दा पछि रहेका छन । जसका कारण कम्पनीलाई कार्यान्वयन जोखिम पनि रहेको छ । त्यस्ता परियोजनाहरूको कार्यान्वयनमा ढिलाईहुँदा कम्पनी कालोसूचीमा पर्न सक्ने जोखिम बढेको इक्राले जनाएको छ ।

इक्राले सार्वजनीक गरेको रिपोर्टमा पनि कालिकाद्वारा सञ्चालित हालका अधिकांश आयोजनाहरू नेपाल सरकार, मन्त्रालय वा सम्बन्धित निकायहरूसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ ।

इक्रा नेपालका अनुसार कम्पनीले वित्तीय वर्ष २०२१ मा २ अर्ब ८५ करोड, २०२० मा ३ अर्ब ५५ करोड, २०१९ मा ३ अर्ब ३३ करोड, र २०१८ मा ३ अर्ब ३५ करोड सञ्चालन नाफा गरेको छ ।

कम्पनीले १२ अर्ब २२ करोड रुपैयाँको अल्पकालीन र ५५ करोड रुपैयाँको दीर्घाकालीन कर्जाका लागि इक्राबाट रेटिङ गराएको हो । कम्पनीले अल्पकालीन कर्जाको लागि ए थ्री प्लस र दीर्घाकालिन कर्जाको लागि ए ट्रिपल बी रेटिङ पाएको छ । कम्पनीले यसअघि ११ अर्ब ३२ करोड रुपैयाँ कर्जाको लागि रेटिङ गराएको थियो ।

विक्रम पाण्डेले सन् १९७६ मा कालिका कन्स्ट्रक्सन शुरु गरेका थिए । उनी अहिले कम्पनीका अध्यक्ष र प्रबन्ध निर्देशक रहेका छन् । कालिका कन्सट्रक्सन देशको सबैभन्दा ठूला सीमित निर्माण कम्पनी मध्ये एक हो । कम्पनीले पुल, सडक, जलविद्युत, सिँचाइ र खानेपानी आयोजना जस्ता विभिन्न क्षेत्रहरूमा निर्माणको काम गर्दै आएको छ ।

कम्पनीमा दुई व्यक्ति र चार कम्पनीहरुको लगानी रहेको छ । कम्पनीमा पाण्डे र उनकी श्रीमती पार्वती पाण्डेको बराबरको ४९ दशमलव ९८ प्रतिशत शेयर रहेको छ । बाँकी ०.०४ प्रतिशत लगानी भने चार समूहका कम्पनीहरूको रहेको छ । –आर्थिक अभियानबाट

तपाईको प्रतिक्रिया