Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

मधुरो प्रकाशमा एकै रात सुतियो भने पनि त्यसले स्वास्थ्यमा असर गर्ने एक अध्ययनले देखाएको छ । आवाज बन्द गरिएको टेलिभिजनको मधुरो प्रकाशमा वा मधुरो बत्ती (डिम लाइट) बालेर राती सुत्दा शरीरमा रक्तचाप र मधुमेह(सुगर)को मात्रा बढ्ने उक्त अध्ययनको निश्कर्ष छ ।

सुत्दा मधुरो प्रकाश आँखाको ढक्कनमा पर्ने, त्यसले आँखा बन्द गर्न गाह्रो हुने र निद्रामा असर गर्ने अध्ययनमा संलग्न नर्थवेस्टर्न युनिभर्सिटी फेइनबर्ग स्कुल अफ मेडिसिनका निर्देशक डा. फिलिस जीले बताए । सामान्यतया रातको समयमा धड्कनको गती घट्छ । मुटुको धड्कनको गति बढ्नु भविष्यमा मुटुसम्बन्धी रोगको लक्षणको रुपमा लिइन्छ । तर प्रकाशले धड्कनको गती बढाइदिन्छ । फलस्वरुप रातको समयमा मुटुको धड्कनको गती बढेर निन्द्रामा समेत समस्या देखापर्छ । यसले मुटु सम्बन्धी रोग निम्त्याउछ ।

शरीरमा चिनीको मात्रा उच्च हुनु भनेको इन्सुलिनको मात्रामा प्रतिरोध आउने संकेत हो । यसले शरीरमा ग्लुकोजको सही तरिकाले बहन हुन दिँदैन । फलस्वरुप शरीरमा बढी इन्सुलिन प्रवाह हुने समस्या देखा पर्छ । यसले शरीरमा टाइप–२ डाइबिटिज रोग लाग्न सक्छ ।

आँखा बन्द गरेर सुत्ने
अनुसन्धानले रातको समयमा लिइने कृत्रिम प्रकाशले तौल वृद्धि, मोटोपना, मेटाबोलिक कार्यमा अवरोध, इन्सुलिनको मात्रामा अस्थिरता, मधुमेह विकास र हृदयघातको उच्च जोखिममा यसको प्रभावबारे पत्ता लगाएको छ ।

अमेरिकामा बत्ती बालेर सुत्दा के साच्चै मेटाबोलिज्मलाई असर गर्छ त ? गर्छ भने किन भन्ने खोज गरिएको थियो । त्यसको सर्वेमा २० जना मानिसलाई लिइएको थियो । उनिहरुलाई २ रात निन्द्रा प्रयोगशालामा राखिएको थियो । पहिलो रात अध्याँरो कोठामा राखिएको थियो । कोठामा अध्ययन र निगरानी गर्ने तर प्रयोगमा ल्याइएको ब्यक्तीको निन्द्रालाई कुनै असर नगर्ने उपकरणहरु जडान गरिएको थियो । निन्द्रामा परेका ब्यक्तीलाई कुनै असर नपर्ने गरी रगत निकाल्ने ब्यवस्था गरिएको थियो । कोठामा निन्द्रा नलागे पनि कुनै पनि बस्तु नदेखिने गरी अँध्यारो बनाइएको थियो । त्यसबाट दिमागको तरंग, निन्द्राको चरण, धड्कनको गतीको नाप लिइएको थियो ।

त्यस्तै सुतिरहेको बेलामा मेलाटोनिनको स्तर समेत पत्ता लगाउन रगत परीक्षण गरिएको थियो । मेलाटोनिन एक हर्मोन हो, जसले मानिसको सुत्ने र ब्यूँझने समयलाई परिवर्तन गर्ने काम गर्छ । अर्को दिन मधुरो प्रकाश जडान गरेर उही ब्यक्तीलाई सुत्ने वातावरण मिलाइयो । त्यहाँ ननिदाए पनि आँखा बन्द गर्नैपर्ने नियम बनाइएको थियो । जसले गर्दा बन्द आँखाबाट पनि १० प्रतिशत प्रकाश भित्र छिर्न सक्थ्यो । त्यस दिन मुटुको धड्कन, इन्सिुलिन, रक्तचाप सबै उच्च भएको पाइयो । स्नायु प्रणाली पनि असन्तुलित पाइयो । तर पनि शरिरमा मेलाटोनिनको स्तर घटाउन भने प्रशस्त प्रकाश थिएन । नतिजलाई ‘जर्नल अफ द प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्स’ मा प्रकाशित गरिएको छ ।

के गर्नुपर्छ ?
राम्रो निन्द्रा लाग्नको लागि पर्दा बन्द गर्ने, बत्ती निभाउँने र आँखा चिम्लिएर बस्नुपर्छ । सम्भव भएमा स्लिप मास्कको पनि प्रयोग गर्न सकिन्छ । निदाउँनको लागि यदी धेरै नै बढी प्रकाश छ भने सुत्न बेडमा जानुभन्दा केही समय अघि नै बत्ती निभाउनुपर्छ । त्यसो गरेमा सुत्ने वातावरण तयार हुन्छ । यदी कसैलाई राती प्रकाश नभई नहुने छ भने त्यसको लागि कोठामा अती मधुरो प्रकाशको व्यवस्था गर्न सकिन्छ ।

आफ्नो कोठामा कस्तो प्रकारको प्रकाश छ भन्ने कुरामा भने अती सचेत हुनु आवश्यक छ । कुनै पनि निलो किरण भएको प्रकाशलाई कोठामा प्रवेश गर्न दिनु हुँदैन । जस्तैः टेलिभिजन, स्मार्टफोन, कम्प्युटर, ल्यापटप, ट्याब आदीको प्रकाश हुनु हुँदैन । इलेक्ट्रोनिक उपकरणबाट आउने प्रकाश शरीरको लागि खतरनाक हुन्छ । निलो प्रकाश सबैभन्दा उत्तेजक प्रकारको प्रकाश हो । यदी बत्ती नै बाल्नुपर्ने आवश्यक छ भने रातो वा खैरो टोनको बत्ती छनोट गर्न सकिन्छ । एलइडी बत्ती जुनसुकै रङमा उपलब्ध छ । सीएनएनबाट

तपाईको प्रतिक्रिया