काठमाडौँ – भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आजै राति नेपाल फर्किने भएका छन्। भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचाररत राष्ट्रपति पौडेल स्वास्थ्यमा सुधार भएपछि आजै स्वदेश फर्किन लागेका राष्ट्रपति कार्यालयले जनाएको छ। ‘उहाँको विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भइ आजै रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम रहेको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि यही वैशाख ५ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। त्यसको भोलिपल्ट वैशाख ६ गते उनलाई थप उपचारका लागि दिल्ली लगिएको थियो।