समाचार सुन्नुहोस् :
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् । शुक्रबार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुनर्निर्माणसहितको हस्तान्तरण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले चीनले चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक–आर्थिक विकासमा गरेको ठूलो फड्को मारेको भन्दै विकासका परिणाम प्रदान गर्न र जनताको सम्बृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकाङ्क्षा रहेको बताए ।
‘नजिकको छिमेकी, असल मित्र र भरपर्दो साझेदारका रूपमा नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहन्छ । वास्तवमा चीनले चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक–आर्थिक विकासमा गरेको ठूलो फड्को मार्दै र जारी राख्दै आएको छ, विकासका परिणामहरू प्रदान गर्न र हाम्रा जनताको सम्बृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने हाम्रो आशा र आकाङ्क्षा हो,’ प्रधानमन्त्री प्रचण्डले भने ।