काठमाडौं – वैशाख १० गते भएको उपनिर्वाचनबाट निर्वाचित सांसद (प्रतिनिधि सभा सदस्य)मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन्।उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ बाट निर्वाचित जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव भने शपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहे। यादव अहिले पनि काठमाडौं बाहिर रहेका कारण शपथमा अनुपस्थित भएका जनाइएको छ।
रास्वपा सांसदद्वय लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराए। नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहणपछि संसद्को लोगो समेत प्रदान गरिएको छ।
वैशाख १० गते भएको उपनिर्वाचनअन्तर्गत बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चिवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निर्वाचित भएका थिए।