शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – ट्वीटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ । बिहीबार मध्यरातिदेखि लागू हुने गरी ब्लू टिक हटाएको हो ।

कम्पनिका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्वीटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक हटेको छ । जसका कारण हजारौं नेपाली प्रयोगकर्ताको पनि ट्वीटर एकाउन्टबाट ब्लु टिक हटेको छ ।

मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हट्ने जनाएका थिए । उनले ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् । उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नु पर्ने यसअघि नै बताएका थिए ।

ट्वीटरले राजनीतिक नेता, अभिनेता, पत्रकार लगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरूको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शूल्क लिने गरिएको थिएन । तर, मस्कले ट्वीटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रम भेरिफाइड एकाउन्टवाट ब्लु टिक हटाई दिएर शुल्क तिर्न दबाब बढाएको हो ।

नेपालमा पनि निःशुल्क रुपमा ब्लु टिक पाउने हजारौं थिए, तर बिहीबार रातिबाट पनि सबैजसोको हटेको छ । नेपालमा ब्लू टिक लिनका लागि अब वार्षिक ८४ डलर तिर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया