Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – शेयर बजार उच्च अंकले बढेर हरियो भएको छ । ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णय र आर्थिक क्षेत्र सुधारका लागि सरकारको सक्रियताका कारण शेयर बजार उच्च अङ्कले उकालो लागेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेप्से बुधबार ९२ दशमलव २२ अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ५५ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

बजारसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । दुई सय ६७ वटा कम्पनीका ६१ लाख सात हजार कित्ता शेयर एक अर्ब ९७ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर ११ करोड ७१ लाख रुपैयाँमा कारोबार भयो ।

आदर्श लघुवित्त, गणपति लघुवित्त, खप्तड लघुवित्त र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरेले उकालो लागेको छ । कारोबार भएका सबै कम्पनीको शेयर बढेको छ ।

तपाईको प्रतिक्रिया