Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – रिकिशी दाइची कम्पोष्ट फर्टिलाइजर एण्ड एग्रो प्रालिले लामो समयको अनुसन्धान र परीक्षणपछि गुणस्तरीय र दुर्गन्धरहित कम्पोष्ट (प्राङ्गारिक) मलको व्यावसायिक उत्पादन बजारमा ल्याएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रासायनिक मलको आयातलाई प्रतिस्थापन गरी माटोको उर्वरा शक्तिलाई जोगाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने सन्दर्भमा कम्पोष्ट मल उपयुक्त विकल्प हुने प्रालिका प्रबन्ध निर्देशक उषा गिरीले दाबी गरिन् । जापानी प्रविधिमा आधारित उक्त मलको प्रयोगपछि बालीनालीमा कीटनाशक औषधि आवश्यकता नपर्ने भएकाले जनस्वास्थ्य र वातावरणमैत्री रहने उनले उल्लेख गरिन् ।

खाद्यान्न बाली, फलफूल र तरकारी रासायनिक मलको प्रयोगसरह नै उत्पादनको लाभ लिन सकिने जनाउँदै प्रालिले यसको प्रयोगले अर्बौं विदेशी मुद्रा सञ्चितिमा योगदान पुग्ने जनाएको छ । सिन्धुलीको दुधौली, भक्तपुरको ठिमी, काभ्रेको पाँचखाल र दाङको राप्ती नगरपालिकासँग सहकार्य गरी उक्त प्रालिले कम्पोष्ट मलका लागि शाखा विकास र विस्तार अघि बढाउँदै आएको छ ।

घाँस, घरायसी फोहर, रातो माटो, भुस, ढुटोजस्ता जैविक सामग्रीबाट तयार गरिने कम्पोष्ट प्राकृतिक र जैविक मल हो । रासायनिक मलको तुलनामा कम्पोष्टको प्रयोग माटोको उर्वरा शक्ति बढाउने तथा माटोलाई खुकुलो बनाएर उत्पादन र लागतका हिसाबले आकर्षक विकल्प रहने देखाएको छ ।

सम्पूर्ण स्वदेशी कच्चा पदार्थको प्रयोग हुने भएकाले निकै सस्तो रहने प्रालिका संस्थापक किरणप्रकाश साखःले बताए । उनले भने, “रासायनिक मलको तुलनामा निकै लाभदायी र सस्तोमा कम्पोष्ट उपलब्ध हुन्छ, अन्नबालीमा रोगव्याधि र किरा नलाग्ने हुँदा ढुक्क भएर प्रयोग गर्न सकिन्छ ।”

“सरकारले रासायनिक मललाई दिँदै आएको अनुदानको केही अंश उपलब्ध गराएमा किसानलाई मल सित्तैमा उपलब्ध गराउन सक्छौँ”, संस्थापक साखःले भने । उक्त प्रविधिबाट वस्तुभाउको गोबरलाई नवीनतम प्रविधि अपनाएर गरिने प्रयोगले बाली तथा बोट बिरुवामा किराको सङ्क्रमण कम हुने दाबी गर्दै संस्थापक साखःले कृषि प्रधान देशमा मलका लागि भौँतारिनुपर्ने अवस्था अन्त्यका लागि यो प्रयास र प्रयत्न अघि बढाएको बताए ।

काठमाडौँ उपत्यकालगायतका सहरबाट संकलन गरिने ८० प्रतिशत फोहरलाई मलमा परिणत गर्न सकिने बताउँदै प्रालिले बालीनालीका लागि कम्पोष्ट मल नेपाली भान्सामा थकाली खानाजस्तै रहेको बताए । अहिले रासायनिक मलका लागि सरकारले वार्षिक रु सात अर्बभन्दा बढी अनुदान दिँदै आएको छ भने मुलुकले तरकारीलगायतका बालीनालीमा लाग्ने रोग र किरा नियन्त्रणका लागि वार्षिक एक हजार एक सय टनभन्दा बढी विषादी आयात गरिरहेको छ ।

कम्पोष्ट मलको प्रयोगले रासायनिक मलको आयात घटाउन र मुलुकमा कृषि उत्पादन बढाउन योगदान पुग्ने प्रालिको दाबी छ । काठमाडौँ उपत्यकाको फोहर सहजरूपमा प्राप्त गरेमा प्रालिले दैनिक पाँच सय टन कम्पोष्ट मल तयार गर्ने क्षमता राखेको सो अवसरमा जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया