Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न माग गर्दै निजी क्षेत्रले शुक्रबार धर्ना दिएको छ । राज्यले ४० अर्ब खर्चेर बनाएको देशको दोस्रो अन्तर्राष्ट्रिय एयरपोर्ट पूर्ण क्षमतामा चलाउन चासो नदिएको भन्दै निजी क्षेत्र संघर्षमा उत्रिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रूपमा सञ्चालनका लागि सरकार, मन्त्रालय र सरोकारवाला निकायले चासो नदिएको उनीहरूको आरोप छ । उनीहरूले आफूहरूको आवाज नसुने कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिए ।

चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले विमानस्थललाई केन्द्रित गरी अर्बौँ रुपैयाँ लगानी गरेका पर्यटन व्यावसायीहरूको लगानी डुब्ने स्थितिमा आएको बताए । उनले भैरहवा, रुपन्देही, लुम्बिनी प्रदेश मात्रै नभई समग्र देशको विकासका लागि पनि विमानस्थल पूर्ण सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

सञ्चालनमा आएको महिनौँ दिन बित्दासमेत अन्तर्राष्ट्रिय विमानस्थलमा साताको ३ दिन मात्रै एक-एक उडान हुँदै आएको छ । गत पुसमा मौसमको कारण देखाउँदै अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा रोकिएका थिए ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू थप नभए आन्तरिक उडान पनि ठप्प पार्न बाध्य हुने अध्यक्ष ज्ञवालीले चेतावनी दिए । दर्जन बढी निजी व्यावसायिक संस्थाहरूको ऐक्यबद्धता रहेको विरोध कार्यक्रम दबाबस्वरूप शान्तिपूर्ण धर्नामा बसेका हुन् ।

तपाईको प्रतिक्रिया