बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

टोकियो – जापानमा कामविहीन हुनेहरूको संख्या उकालो लागेको छ । बितेका ५ महिलामा पहिलोपटक बेरोजगारी दर बढेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार फेब्रुअरीमा बेरोजगारी दर २ दशमलव ६ प्रतिशत छ । यो अघिल्लो महिनाको तुलनामा शून्य दशमलव २ प्रतिशत धेरै हो । अघिल्ला ५ महिनामा जापानको श्रम बजार निरन्तर बलियो बन्दै गइरहेको थियो ।

कोरोना कालमा जस्तोसुकै काम गरेपनि अहिले कोरोना सङ्क्रमण घटेकाले अझ राम्रो काम पाउने आसमा श्रमिकहरूले काम छोडेकाले बेरोजगारी दर उकालो लागेको हुनसक्ने अनुमान गरिएको छ । फेब्रुअरीमा मौसमी समायोजनपछि १८ लाख जना कामविहीन छन् । यो अघिल्लो महिनाको भन्दा ७ दशमलव ८ धेरै हो ।

तपाईको प्रतिक्रिया