Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – पांग्रा पन्चर भएर बिहीबार दिउँसोदेखि दिल्लीमा ग्राउडेड भएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान २६ घन्टापछि शुक्रबार दिउँसो पौने ५ बजे काठमाडौं आइपुगेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दिल्लीस्थित कतार एयरवेजले आफ्ना विमानका लागि राखेका जगेडामध्येबाट निगमलाई एक दिनका लागि दुइटा पांग्रा लोन (सापटी)मा दिएपछि निगमको नाईन एन-अल्फा लिमा जुलु रजिष्ट्रेशन नम्बर भएको वाइडबडी काठमाडौं फर्किएको निगमका सहप्रवक्ता गणेश घिमिरेले बताए ।

वाइडबडीको बायाँतर्फको मेन ल्यान्डिङ गियरका चारवटा पांग्राको संयुक्त व्हिल-एसेम्ब्लीमा पन्चर भएका दुइटा पांग्रा कतार एयरवेजसँग दैनिक भाडा तिर्ने सर्तमा सापटी मागिएको हो । मागेका पांग्रा शुक्रबारै काठमाडौंमा फेरेर शनिबार निगमको दिल्ली उडानमा कतार एयरवेजलाई फर्काइने निगमका एक प्राविधिकले बताए ।

आरए२१८डी उडान नम्बरमा काठमाडौं फर्किएको निगमको वाइडबडीमा बिहीबार २ सय ५१ यात्रु काठमाडौं आउँदै थिए । राति अबेरसम्म पांग्रा फेर्न नसकिएपछि ती यात्रुलाई निगमकै खर्चमा दिल्लीमा होटलमा राखिएको थियो । –कान्तिपुरबाट

तपाईको प्रतिक्रिया