Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

काठमाडौं – सरकारले मन्त्री र उच्च पदस्थ कर्मचारीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद् बैठकले मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामाबाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी गराइन् ।

बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताइन् ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय :-

  • पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने ।
  • नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने ।
  • नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने ।
  • तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने ।
  • रामपुर स्वास्थ्य चौकी उदयपुरलार्य १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने दिने ।
  • यती एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने ।
तपाईको प्रतिक्रिया