Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

टोकियो – योकोसुका सिटी र भरतपुर महानगरबीच भगिनी सम्बन्धलाई निरन्तरता दिने सम्झौता भएको छ । कानागावा प्रिफेक्चरको योकोसुका सिटी र चितवनको भरतपुर महानगर पालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको ३ वर्षपछि त्यसलाई निरन्तरता दिनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा हस्ताक्षरका लागि जापान भ्रमणमा रहेकी भरतपुरकी नगर प्रमुख रेणु दाहाल र योकोसुका सिटीका मेयर कातासुकी कामाजीबीच भएको सम्झौतामा दुई नगरपालिकाले प्राविधिक ज्ञान, शिक्षा, सरसफाइ, बेरोजगारीको अन्त्यका लागि सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।

‘जनप्रतिनिधि र कर्मचारी स्तरमा अनुभव आदानप्रदानसहित आवश्यक अन्य सहयोग गर्नका लागि योकोसुका सिटीसँग छोटो मध्यम र लामो अवधिमा सहयोग आदानप्रदान हुने गरी सम्झौता भएको छ’, भरतपुर महानगरपालिका नगर प्रमुख दाहालले भनिन्- ‘यस खालका कार्यक्रमले दुई देशबीचमा रहेको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाई नगरको विकास र प्रणाली सुधारमा टेवा पुर्‍याउने छ ।’

जापान भ्रमणले यहाँका नागरिकमा रहेको अनुशासन र जिम्मेवारी बोध सेवा प्रदायकहरूमा रहेको सुशासन, सहज सेवा प्रवाह, कामप्रतिको लगनशीलता र जनताप्रतिको उत्तरदायित्वले निकै नै प्रभाव पारेकोले त्यो अनुभवलाई आफूले सक्दो अवलम्बन गर्ने नगर प्रमुख दाहालले बताइन् ।

तपाईको प्रतिक्रिया