बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौँ – भारतीय चर्चित गायक हनी सिंह काठमाडौं आउने भएका छन् । एक सांगीतिक कार्यक्रममा सहभागी हुन उनी चैत २५ गते नेपाल आउन लागेको जनाइएको छ । सिंहले काठमाडौँमा सांगीतिक कार्यक्रम गर्ने र उनको कार्यक्रमका लागि टिकट बिक्री सुरु भएको आयोजक युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कार्यक्रमको टिकटका सबै मूल्यसम्बन्धी जानकारी ई–सेवामा राखिएको छ । टिकट मूल्य रु १ हजारभन्दा माथि रहेको छ । भीआईपी टिकटको मूल्य २ हजार रुपैयाँभन्दा माथि रहने जनाइएको छ ।

श्रेष्ठले प्रि–बुकिङका लागि सम्पूर्ण टिकट ई–सेवाबाट प्राप्त गर्न सकिने बताए । भारतमा संगीत कम्पोजर, -यापर, गायक, गीतकार र अभिनेताका रूपमा समेत परिचित सिंहका ब्लु आइज, धिरेधिरे र चार बोतल भोड्कालगायतका गीतहरू चर्चित छन् । उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्ना चर्चित गीतहरूको प्रस्तुति दिने आयोजकको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया